बागलुङमा आइतवार दुई समुहबीच झडप २ जनाको निधन, वेपत्ता सबै युवा सम्पर्कमा

गुल्मी । बागलुङ वडिगाडमा आइतवार दुई समुहबीच झडप हुँदा वेपत्ता भएका सबै युवाहरु सम्पर्कमा आएका छन् ।

बागलुङ, गुल्मी र प्यूठानको सीमानामा पर्ने वडिगाड गाउँपालिका १० बल्देधुरी डाँडामा राजकुत र १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।

राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो भने एक दर्जन युवा सम्पर्कविहीन भएको बताइएको थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले हराएका भनिएका सबै युवाहरु सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतवार अबेर राती उनीहरु सम्पर्कमा आएका हुन् ।

सम्पर्कमा आएकामध्ये केही युवाहरु सामान्य घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको प्रहरीको भनाई छ । त्यसैगरी युवाहरुले मदिरा समेत सेवन गरेको पाइएको छ ।

एक समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि अस्पताल लगियो

घटनामा परी २ जनाको मृत्यु भएपछि उक्त विषयमा अनुसन्धान गर्न बाग्लुङ प्रहरी प्रमुखको टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो। उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो ।- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *