गुल्मीमा २२ बर्षीया देवरद्वारा २४ बर्षीया भाउजू बलात्कृत

गुल्मी । गुल्मीमा बाबुद्वारा छोरी बलात्कारको घटना सेलाउन नपाउँदै फेरी देवरद्वारा भाउजू बलात्कारको घटना बाहिर आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजूलाई चैत्र १४ गते राति बलात्कार गरेर भागेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार भाउजू सुत्ने कोठाको भ्यान्टिलेटरबाट भित्र पसेर एक्लै सुतेकी भाउजूलाई बलात्कार गरेर देवर भागेका थिए ।

निज देवरलाई बलात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट पक्राउ गरियोको थियो भने सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको पाण्डेले जानकारी दिए ।

गुल्मीमा फेरि अर्की बालिका पनि बलात्कार उद्योगको शिकार भएको खबर प्राप्त भएको छ । चैत्र १४ गतेकै राति बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्वर ३ का ३३ बर्षीय ड्राइभर चेतमान सुनारले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ की १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरि आजै अदालतमा ७ दिन म्याद थप गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।
रातो पाटिबाट साभार

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *