समर्थन फिर्ता गर न, राजीनामा त आइहाल्छ नि – ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए ।‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’प्रधानमन्त्री ओलीले संसदको गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने तर्क गरे ।

‘कहिलेकाहीं देशको आवश्यकता र संसदको गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता सार्ने प्रयास हुने भन्दै उनले भने, ‘व्यक्तिका स्वार्थहरुको खेलबाट अंकगणित देशको आवश्यकता विपरित गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्न थियो ।’

अहिले पनि संसदको अंक गणितले देश अगाडि जान नसक्ने भन्दै उनले ताजा जनादेशबाट पनि हेरफेर गर्नुपर्ने बताए ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन खोजेको आरोपको पनि खण्डन गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै उनले संविधानले शान्तिपूर्ण परिर्वतनको बाटो दिएपनि जनतालाई भड्काउन नेतृत्व गरेका मान्छेले नै फाँसीवाद भन्न थालेको बताए । उनले अघि भने, ‘नबुझेर बोल्या जस्तो लाग्यो । यस्ता कुराबाट भ्रमित हुन आवश्यक छैन ।’- अनलाइनखबर

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *