कोभिडको कारण मुसिकोट वामिमा आयोजित स्वास्थ्य शिविर स्थगन

गुल्मी । मुसिकोट युनेस्को केन्द्र मुसिकोट गुल्मीले यही वैशाख १८ गते आयोजाना गरेको निशुल्क स्वास्थ्य शिविर कोभिड-१९ महामारी फैलिदै गएको कारण हाललाई स्थगन गरिएको छ ।

वामीटक्सारमा विशेषज्ञ सेवा सहित हाडजोर्नी तथा नशासम्बन्धी निशुल्क स्वास्थ्य शिविर कोभिड-१९ महामारी फैलिरहेको र सरकारले विभिन्न नियमहरु जारी गरेको कारण स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै स्थगन गरिएको संस्थाका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको दोस्रो लहरको कारण नेपाल सरकारले २५ जना भन्दा धेरै भेला हुने कार्यक्रम नगर्न निर्देश गरेकोले उक्त स्वास्थ्य शिबिर स्थगित गरिएको जनाईएको छ।

‘पछिल्लो समयसम्म पनि स्वास्थ्य शिविर सन्चालन गर्न युद्ध स्तरमा लागेका थियौं। नेपाल सरकारको प्रतिबन्धनात्मक व्यवस्थाको बाबजुत पनि जिल्ला प्रशासन कार्यालय र मुसिकोट नगरपालिकाको स्वास्थ्य शाखासंग समन्वय गरेर काम गर्ने सोच बनाएका थियौं तर प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा र मुसिकोट स्वास्थ्य शाखा प्रमुख डिबी जिसीसंग भएको छलफलमा पनि जोखिम मोलेर कार्यक्रम नगर्न र पछाडी सार्न संस्थालाई सल्लाह आएकोले उक्त पुर्व निर्धारित स्वास्थ्य शिबिर स्थगित गरिएको हो।’-अध्यक्ष घिमिरेद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

उक्त संस्थाले हाललाई स्वास्थ्य शिविर स्थगित गरिएपनि कोरोना महामारीको अन्त्य संगै कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। शिविर सन्चलानार्थ गुल्मी समाज भिक्टोरिया, मुसिकोट नगरपालिका तथा वामी सेवा समिति जापान, वामी विश्व सम्पर्क मञ्च, जनकल्याणकारी संस्थाबाट सहयोगको प्रतिबद्धता आएको भए पनि संस्थाले शिविर नै स्थगित भए पछि ती सहयोगहरु तत्कालको लागि नलिने र भविष्यमा आवश्यकता अनुसार कार्यक्रम तर्जुमा गरी अगाडि बढ्ने जनाएको छ।

यो पनि पढ्नुहोस् गुल्मीको मुसिकोट नगर्पालिकामा दिन प्रति दिन कोरोनाको जोखिम बढ्दै गएको छ । वामी टक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ४ का एक पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको हो ।

केही दिन अगाडी भारतबाट आएका उनमा ज्वरो रुवाखोकी लगायतका समस्या देखिएपछि उपचारका लागि लुम्बिनी वामी हस्पिटल प्रालि वामीमा आएको र सकांस्पद लक्षण देखिएपछि डाक्टरले स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षणका लागि पठाएका थिए । भारतबाट आएपछि क्वारेन्टाईनमै रहेका उनको ऐन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सहसयोंजक पुष्कर गौतमले जानकारी दिनुभयो ।

रुवाखोकी र ज्वरो देखिएपनि उनको अवस्था सामान्य रहेको र होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो । उनको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सकांस्पद लक्षण देखिएमा कन्ट्याक टे्रसिङ गरी ऐन्टिजेन परिक्षण गरिने गौतमले जानकारी दिनुभयो ।

यसैबीच शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मुसिकोट नगरपालिका-७, वामीटक्सारका विद्यालय बन्द भएका छन् । केही दिनअघि वामीटक्सार स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षणका क्रममा महेन्द्र आदर्श नमुना माविका एक र गोल्डेन फ्युचर एकेडेमीका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वडा कार्यालय अन्तर्गत १० देखि १२ सम्मका कक्षा एक हप्ता र ९ कक्षासम्मलाई २ दिन बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख चुरा छन्त्यालले जानकारी दिनुभयो । संक्रमित शिक्षक अहिले होम आईसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

महेन्द्र आर्दशका शिक्षकमा कोरोना देखिएपछि शंकास्पद तीन जना शिक्षकमा गरिएको एन्टिजेन परिक्षण रिपोर्ट नेगेटिभ आएको विद्यालयका प्राचार्य देवीराम शर्माले जानकारी दिनुभयो ।

यस्तै यही बैशाख १५ गतेदेखि सञ्चालन हुने पालिकास्तरीय परिक्षा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सञ्चालन गरिने नगर शिक्षा शाखाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *