भोलो देखी सीईडीबी हाइड्रोपावर आईपिओ निस्कासन हुँदै, करि दिने आवेदन ?

आज भोलि शेयर बजारमा लगानि गर्नेहरुको लर्को लाग्ने गरेको छ । पछिल्लो समयमा आइपिओ आबेदन दिनेको सँख्या अधिक र आईपिओ हात पर्ने सम्भाबाना न्युन बनेको छ ।

सेयर बजारका लगानि कर्ताले भोलि फेरि एउटा अबसर पाऊने भएका छन । भोलि अर्थात वैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ आउने भएको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीलाई आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो ।

यस कम्पनिले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहने बताइएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

भोलि बिहान १० बजे पछि यस कम्पनिको आईपिओमा आबेदन दिन सकिने छ ।

यो पनि पढ्नुहोस् –

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अुनसार चाुल आवको तेस्रो त्रैमाससम्म ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा बैंकको नाफा १.२४ प्रतिशतले मात्र बढेको हो । गत वर्षको सोही अवधिसम्म बैंकले ५८ करोड २० लाख ७० हजार रुपैयाँ नाफा गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा भने ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको अन्य विभिन्न कोष सहित जगेडा कोषमा २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

बैंकले ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको गरि २ अर्ब १९ करोड ५६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०.२ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *