मुसिकोट समुदायमा फैलियो कोरोना सक्रंमण , आज एकै दिन १६ जनामा सक्रंमण पुष्टी

गोविन्द कंडेल, मुसिकोट गुल्मी। मुसिकोट नगरपालिका गुल्मीमा थप १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २१ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको कार्यालयमा कार्यरत ४ जना कर्मचारी १ जना जनप्रतिनिधी वडा नं। ८ को शारदा माद्यमिक विधालयमा कार्यरत २ जना शिक्षक र ९ जना समुदाय स्तरका व्यक्तीहरु गरी १६ जनामा आज कोरोना सक्रंमण पुष्टी भएको हो ।

यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि।वि।जि।सी।ले जानकारी दिनुभयो ।

उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।

रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको उहाँले बताउनुभयो ।

उनिहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

यसै विच नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधी सँगै समुदायमा व्यापक संक्रमण देखिए पछी अव के गर्ने भन्ने विषयमा नगरपालिकाले तयारी सुरु गरेको छ साथै यसै विचमा थप रणनिती तयार गर्न मुसिकोट नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको वैठक वोलाइएको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस् काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणको ग्राफ दिनदिनै बढ्दै गइरहेको छ । विहिबार करिब ५ हजार संक्रमित थपिएकोमा शुक्रवार भने ५७ सय बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि देखिएको हो । यस्तै ३३ जनाको मृत्यु भएको भएको छ ।

विहिबार नेपालमा ३५ जनाको निधन भएको थियो ।

१५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *