आ‍ईपिओमा आबेदन दिनेको लर्को सीईडीबी हाइड्रोपावरमा १२ लाख बढीको आवेदन

काठमाडौं । शुक्रावरदेखि बिक्री आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा १२ लाख ११ हजार ३४० जनाको आवेदन परेको छ । आइतबारसम्म १ करोड ८८ लाख ६४ हजार ३२६ कित्ताका लागि आवेदन परेको हो ।

बिक्री प्रवन्धक प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबारसम्म १ अर्ब ८८ करोड ६४ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको आवेदन परेको हो ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । त्योअनुसार २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

आवेदन दिने मिति छिटोमा बैशाख २१ गतेसम्म खुल्ला गरिने छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक स्नराइज क्यापिटल लिमिटेड रहेको छ । अर्थतन्त्र डटकमको सहयोगमा

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *