खुसिको खबर अपि पावरले पायो हकप्रद सेयर निष्काशन गर्न अनुमति

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनलाई हकप्रद सेयर निष्काशन गर्नको लागि आइतबार अनुमति दिएको छ ।

बोर्डको अनुमतिसँगै कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।कम्पनीले १ कित्ता बराबर ०.२९३८ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस् नेपालीहरुको प्रतिव्यक्ति आम्दानी वार्षिक १ लाख ४० हजार ८१९ अर्थात् १ हजार १९१ अमेरिकी डलर हुने अनुमान गरिएको छ ।केन्द्रीय तथ्यांक बिभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले यस्तो अनुमान गरेको हो ।

गत आवको असारसम्म नेपालीहरुको प्रति व्यक्ति आम्दानी १ हजार १२६ डलर थियो । त्यो अनुसार एक बर्षमा नेपालीहरुका प्रतिव्यक्ति आम्दानी ६५ अमेरिकी डलरले बढेको छ । आजको डलरभाउ अनुसार नेपाली ७ हजार ६८३ रुपैयाँ हुन्छ ।
कोरोना कहरका कारण नेपालीहरुको आम्दानी घट्ने भनिएपनि सरकारले भने बढ्ने अनुमान गरेको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता उद्योग, कलकारखाना लगायतका व्यवसाय प्रभावित हुदाँ उनीहरुको आम्दानी घटेको छ भने त्यहाँका कामदारको पारिश्रमिक पनि प्रभावित भएको छ । तर, सरकारले भने आम्दानी बढ्ने अनुमान गरेको छ ।- अर्थतन्त्र दटकमबाट

यो पनि पढ्नुहोस् सेयर बजारका लगानि कर्ताहरुको लागिअर्को खुसिको खबार आएको छ । यहि महिनको अन्तिम साता देखि मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ ।

उक्त कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।यस कम्पनिले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस ) तथा बाहृविसे नगरपालीका वडा नं. ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

स्थानिय वासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते नै अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो ।

उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो ।

अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ । कर्मचारीमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *