आज सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन, तपाँई छुट्नु त भ‍एन ?

काठमाडौं । आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले गत शुक्रादेखि २५ लाख १८ हजार २३० कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा सोमबार साँझ ५ बजेसम्म १५ लाख ३६४ जनाले आवेदन दिएका छन् । २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६ सय रुपैयाँ बराबरको २ करोड ३० लाख ७३ हजार २३६ कित्ता आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटले जानकारी दिएको छ ।कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । त्योअनुसार २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस् नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३३ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *