मंगलबार मुसिकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा मंगलबार थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

मंगलबार वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको ८ जनाको एन्टिजेन परिक्षणमा २ जनामा सक्रंमण पुष्टी भएको हो । संक्रमितहरू मध्ये १ जना मुसिकोट नगरपालिका वडा न २ का र १ जना वडा न ७ का रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै नगरपालिकामा कुल संक्रमितको संख्या ५४ पुगेको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *