एकैदिन करिब २ हजार जनाले जिते कोरोना, थप संक्रमित हुनेको संख्या कति ?

काठमाडौँ ।आज एकै दिन नेपालमा करिब २ हजार जनाले कोरोनाभाइरसविरुद्धको लडाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ९९३ जना कोरोनाबाट निको भएका छन् ।यो सँगै नेपालमा पहिलो र दोस्रो लहरबाट कोरोना जित्नेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

यस्तै बुधबार थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । यस्तै यस अवधिमा देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् ।

हिजो ५५ जनाको मृत्यु भएको थियो भने ७६६० जनामा संक्रमण पुष्टि भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *