बिहिबार मुसिकोटमा थप १ जनामा कोरोना सक्रंमण पुष्टी

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २३ वैशाख २०७८ । मुसिकोट नगरपालिका गुल्मीमा आज थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ६१ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि. जि.सी.ले जानकारी दिनुभयो ।

आजका संक्रमित एक जना वडा नं. ७ स्थायी ठेगाना भएका सवारी चालक रहेको वताइएको छ । उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको स्वास्थ्य संयोजक जि.सी.ले वताउनु भयो ।

रुघाखोकी र ज्वरो देखिए पनि उनको अवस्था सामान्य रहेको र अहिले होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो ।

यसै विच मुसिकोटमा हाल संक्रमित भएका ६१ जनाको स्वास्थ्य अवस्थाको वारेमा सेरोफेरो नेपाल.कम सँग कुरा गर्दै जि.सी.ले संक्रमितहरू मध्ये वडा नं. ६ का १ जना पूरूषको स्वास्थ्यमा केही जटिल समस्या देखिए पछी थप उपचारको लागि यहाँबाट जिल्ला अस्पताल पठाइएको र त्यहाँ वेड उपलव्ध हुन नसके पछी तहाँबाट वुटवल रिफर गरिएको वताउनु भयो ।

त्यसै गरी वडा नं. ७ का एक जना पूरूषमा मध्यम खालको समस्या भएको र पारिवारिक सल्लाहमा थप उपचारका लागि चितवन गएको र वाँकी सवै संक्रमित हरूले होम आइसोलेसनमा नै स्वास्थ्य उपचार गराइ रहनु भएको साथै अवस्था जटिल नरहेको वताउनु भयो ।

अवस्था जटिल नभए पनि सवै संक्रमितमा कुनै न कुनै प्रकारका लक्षणहरू रहेकोले सजग भने हुनु पर्ने उहाँले वताउनु भयो । एक अर्को प्रसङ्गमा कुरा गर्दै उहाँले हाललाइ लक्षण देखिएका विरामि परिक्षणको लागि एन्टिजेन किटको अभान नरहेकोले सँक्कास्पाद लक्षण देखिएमा सम्पर्कमा आइ परीक्षण गर्न सकिने वताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *