ओलीसँग कुनै पनि सहमति भएको छैनः वरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार ओलीसँग लामो समय छलफल गरेका नेपालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् अहिलेसम्म कुनै सहमति नभएको जानकारी गगराउनुभएको हो ।शुक्रबार पनि ओली–नेपालले भेट्ने चर्चाबीच उहाँको यस्तो भनाइ आएको हो। नेता नेपालले आफूहरूले पार्टीको एकताका लागि वार्ता र लचकता दुवै अपनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन, २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’

नेता नेपालले कुनै पनि भ्रममा नपर्न, नअल्मिन तथा सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वान समेत गर्नुभएको छ ।

हेर्नुहोस् उहाँले लेखेको सन्देश ।
हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।

२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *