आईतबार मुसिकोटमा थप ७ जनामा कोरोना संक्रमण पुश्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा आईतबार थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको ९ जनाको एन्टिजेन परिक्षणमा ७ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ । संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना पूरूष र १ महिला, वडा नम्बर ४ का १ जना पुरुष र १ जना महिला र वडा नम्बर ३ कि १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

आईतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या ७३ पुगेको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *