कोरोना संक्रमणबाट अस्ताए मुसिकोटका एक चम्किलो तारा – हार्दिक श्रदाञ्जली

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमणबाट मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार गुल्मी निवासी श्री वुद्धी प्रसाद शर्माको नि,धन भएको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा अवस्थित श्री महेन्द्र आदर्श नमुना माद्यमिक विद्यालयमा अध्यापनरत वरिष्ठ शिक्षक वुद्धी प्रसाद शर्माको दुखद नि,धन भएको हो । कोरोना संक्रमण भइ चितवनको भरतपुर स्थित एक अस्पतालमा उपचारको क्रममा शर्माको मंगलबार साँझ ७.४५ बजे दे,हावशान भएको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।

वामीटक्सार स्वास्थ्यचॏकीमा कोरोना संक्रमण पुस्टी भए पछि केहि समय आफ्नै घरमा होम आइसोलेशनमा वस्नु भएका शर्मा स्वास्थ्यमा थप समस्या देखिए पछी केही दिन अगाडी भरतपुर स्थित अस्पतालमा उपचारका लागि भर्ना हुनु भएको थियो हाल निजकी जिवन संगिनी सोही विद्यालयकी शिक्षीका समेत कोरोना संक्रमण भइ उपचाररत हुनहुन्छ ।

मृ:तक शर्माको पा,र्थिव शरिरको वुधबार चितवन स्थित बागेस्वरीमा परिवारिक उपस्थितीमा अ,न्त्यष्टी गरिएको छ ।

वामीटक्सार स्थित महेन्द्र आदर्श नमुना माद्यमिक विद्यालयको निवर्तमान प्रधानाध्यापक समेत रहनु भएका शर्मा मुसिकोट नगरपालिका गुल्मीमै राम्रो प्रभाव रहेका प्रभावशाली शिक्षक मानिनु हुन्थ्यो । मृदुभाषी सकारात्मक सोँच राख्ने अगुवा शैक्षिक व्यक्तित्वको दु:खद अ,न्त्यले सिंगो मुसिकोट नगरपालिका नै यतिवेला स्त,व्ध रहेको छ ।

आत्मबोध माध्यमिक विद्यालय मानकोटबाट शिक्षण पेशा सुरू गर्नु भएका उहाँले आँपचौर स्थित दुर्गाभवन मा.वि. हुँदै महेन्द्र आदर्श नमुना मा.वि.वामीटक्सारमा २०६० साल देखि अध्यापन शुरू गर्नु भएको थियो ।

४ बर्ष विद्यालयको प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्नुभएका शर्माको कार्यकालमा विद्यालयले राम्रो सफलता हाँसिल गरेको मुसिकोट वासी सवैले महशुस गरेका छन । उहाँकै कार्यकालमा आयोजित धनधान्याञ्चल महायज्ञमा अपेक्षा गरिएको भन्दा १ करोड बढी अर्थात ६ करोड रुपैया संकलन भएको थियो ।

उहाँकै कार्यकालमा विद्यालय नमुना विद्यालयको रुपमा सम्मानित भयो । त्यस्तै विद्यालयले सरकारबाट प्राविधिक धार सञ्चालनको स्वीकृति पाएर प्राविधिक धार तर्फ इन्जिनियरिङ कक्षाको सुरुवात पनि भयो । यसरी उहाँले नेतृत्व गर्दा विद्यालय हरेक क्षेत्रमा अव्वल नै रहयो ।

सविक अर्लाङ्कोट गा.वि.स. परिवर्तित मुसिकोट नगरपालिका वडा नं. ९ मा जन्म भइ हाल मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार गुल्मीमा स्थायी वसोवास गरी रहनु भएका परिवारको एक मात्र छोरा शर्माका वृद्भ बुवा-आमा,श्रीमती,एक छोरा र दुई छोरी रहेकोमा सम्पुर्ण सन्तानहरू अध्ययन तथा रोजगारीको शिलशिलामा हाल विदेशमा रहेका छन ।

अत्यन्तै सरल, विनम्र, कर्मशील एक सामाजिक एवं वॏद्धिक व्यक्तित्व वुद्धी प्रशाद शर्माको कोभिड-१९ को संक्रमणकाबाट अल्पायुमै असामयिक अ,वसान भएको खबरले हामी अत्यन्तै म,र्माहत भएको छ, दुखको यस घडिमा मृ,तक शर्मा प्रति भावपूर्ण श्र,द्धाञ्जलि अर्पण गर्दछॏ साथै शो:कमा रहनु भएकी उहाँकी जीवन सारथी म्याडम शुशिला, वुवा हरिलाल, आमा हीरा कुमारी, छोरा सागर, छोरीहरू मुना र तुल्सी लगायत शो,कसन्तप्त सवैमा समवे,दना व्यक्त गर्दछौँ । सामाजिक क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान युगॏ युग सम्म पनि स्मरणीय रहनेछ । फेरी पनि भावपूर्ण श्र,द्धाञ्जली आदरणीय गुरू !

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *