दुई कम्पनीद्वारा आईपीओ निष्कासन गर्ने, कुन-कुन हुन् त ?

आज भोली शेयर बजारमा लगानी गर्ने हरुको संख्या बढि रहेको छ । पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् ।

दुई कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। दोर्दी खोलाले गत वैशाख २१ गते र मानुषी लघुवित्तले गत वैशाख १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।

दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँ बढी र मानुषी लघुवित्तले ३ करोड ९३ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन्।

बोर्डबाट अनुमति पाएमा दोर्दी खोला जलविद्युतले रु. १०० अंकित दरका कुल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै मानुषी लघुवित्तले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ । यो लघुवित्तको आईपीओ निष्कासनकर्तामा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।- आर्थिक संदेश

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *