चिनिया खोप नेपालमा ल्याइदै,प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपालमा चिनले उत्पादन गरेको भेरोसेल खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । आगामी जूनको पहिलो सातासम्म नेपाल ल्याउने गरी सरकारले प्रक्रिया शुरू गरेको हो । जसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्र मार्फत चिनियाँ पक्षलाई पत्राचार समेत भईसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले पहिलो चरणमा २० लाख खोप खरीदका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको छ । चिनियाँ पक्षले जूनको पहिलो साताभित्र १० लाख खोप उपलब्ध गराउने र सकेसम्म बाँकी १० लाख पनि दिने आश्वासन दिएको छ ।

नेपालले चीनसँग प्रतिडोज कति रुपैयाँमा खोप खरीद गर्न लागेको हो भन्ने विषयमा केही पनि बताइएको छैन । अन्य मुलुकले चीनसँग प्रति डोज कतिमा खोप खरीद गरिरहेका छन् भन्ने सम्बन्धमा कुनै पनि सार्वजनिक जानकारी छैन ।

नेपाल सरकार र चीन सरकार बीचमा मूल्यको विषय टुंगो लागेपछि नेपाल सरकारले खोप उत्पादक कम्पनीसँग सम्झौता गरेर खोप ल्याउनेछ ।- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *