जीप दुर्घटनामा परि दुई जनाको मृत्यु

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परी जीप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो ।

दुईजना मात्रै सवार जीप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जीप कर्णाली राजमार्गबाट करीब ५०० मिटर तल खसेको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *