सोमबार मुसिकोटमा थप ८ जनामा कोरोना संक्रमण पुश्टि

गोबिन्द कंडेल, मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा सोमबार गरिएको १७ जनाको एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो आउने लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षण गरिएका १७ जना मध्य ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो । सोमबार कोरोना भईरसको संक्रमण पुष्टि हुने मध्ये मुसिकोट नगरपालिका वडा नम्बर १ का १ जना पुरुष, वडा नम्बर ४ का २ जना पुरुष र १ जना महिला, वडा नम्बर ७ का २ जना पुरुष र २ जना महिला रहेको जानकारी प्राप्त भएको छ ।

मुसिकोट नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमित थपए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या १६७ पुगेको छ ।

मुसकोतमा हालसम्म कुल कोरोना संक्रमित मध्य ८० जनाले कोरोनालाई जित्न सफल भएका छन भने ५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

अहिले नगरपालिकामा जम्मा ८७ सक्रिय संक्रमित रहेका छन र बिरामिहरुको अबस्था जटिल नभएकाले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् गुल्मीः आज गुल्मीमा ११५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको सख्ंया ८ सय २९ पुगेको छ । जिल्लामा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय २१ जनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार ८ सय २७ पुगेको छ । आज २ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका ९ की ६५ वषर््ाकी महिला र मालिका गाउँपालिका ६ का ४८ वर्षका पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।

यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ६८ जनाले ज्यान गुमाएका छन् ।आज जिल्लाको रेसुङ्गा नगरपालिकाका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मुसिकोट नगरपालिकामा कोरोनाको संक्रमण देखिएको छैन । मालिका गाउँपालिकाका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन । धुर्कोट गाउँपालिकामा ५ जना, कालीगण्डकी ३१ जनामा, चन्द्रकोट गाउँपालिकामा ३ जना, सत्यवति गाउँपालिकाका १ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका ११ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट गाउँपालिका र इस्मा गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । गुल्मीदरवार गाउँपालिकाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ हजार ३० झरेको छ ।

एक हप्ता अगाडी सक्रिय संक्रमितको संख्या करिब १ हजार २ सय पुगेकोमा अहिले विस्तारै कोरोनाको संक्रमण घटेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *