कोरोना संक्रमणका कारण बानका अध्यक्ष न्यौपानेको निधन

काठमाडौं: व्यवसायिक रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।

कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचाररत न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ। स्थापनामा मार्केटिङबाट प्रवेश गरेका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गरेका थिए। न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य थिए।

झापाको गौरादह स्थायी घर भएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आएका थिए। उनका श्रीमती एक छोरा, एक छोरी छन्।- खबर मार्केट

यो पनि पढनुहोस् बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ अस्पताल भर्ना भएको उनको शनिबार विहान ३ः४५ मा मृत्यु भएको हो ।

उनी कोभिड–१९ सँगै निमोनियाबाट समेत ग्रसित रहेको बताइएको छ । शुक्रबार जिल्लाको तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाको गरि ३ जनाको मृत्यु भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *