२१ वर्षीया युवतीले जन्माईन ६ किलो वजन भएको बच्चा

काठमाडौं । बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो वजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेकी छिन् ।

बेलायतको अक्सफोर्डशायरस्थित एस्टनमा बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए । जबकी अल्ट्रासाउण्डमा एउटा मात्र बच्चा देखिएको थियो । पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा एउटा बच्चा देखिएता पनि सरप्राइज ट्विन्स हुन सक्ने अनुमान डाक्टरहरुले गरेका थिए । तर त्यस्तो भएन ।

गत अप्रिल १६ मा उनले अस्पतालमा १३ पाउण्ड अर्थात् झण्डै ६ किलो तौल भएकी छोरी जन्माएकी हुन् । यो सँगै उनले बेलायतमा अहिलेसम्मकै दोश्रो ठूलो बच्चा जन्माउने किर्तिमान कायम गरिन् । छोरीको नाम उनले एमिलिया राखेकी छिन् ।एमिलिया बेलायतमा अहिलेसम्म जन्मिएका मध्ये दोश्रो ठूलो बच्चा बनेकी छिन् । यसअघि सन् २०१२ मा बेलायतमा साढे ६ किलोको बच्चा जन्मिएको थियो । डेलीमेलबाट

यो पनि पढ्नुहोस् बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् । घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।

बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन । तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ? के नगर्ने ? भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा हालेका छन् । भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पुलिसमा निवेदन दिएका छन् । एजेन्सीको सहयोगमा तयार

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *