गुल्मीको दु:खमा मलम लगाउँदै कांग्रेस नेता भण्डारी

सुमन महतरा, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर १ का स्वास्थ्य संस्थालाई औषधि र स्वास्थ्यसामाग्री पठाएका छन ।

काेराेनाका कारण धेरैले ज्यान गुमाउनु परेको र धेरै सङक्रमीत भै हस्पिटलकाे शैयामा छट्पटाई रहेको याे संकटको घडीमा थाेरै भए पनि मलम लगाउँन सकिन्छ कि भनेर स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यसामाग्री अभावमा कुनै व्याक्तिले ज्यान गुमाउन नपराेस र स्वास्थ्यकर्मीले जाेखिम माेल्न नपराेस भनेर आफुले स्वास्थ्यसामाग्री पठाएको नेता भण्डारीले बताएका छन् ।

प्रदेस सभा (क) काे कालिगण्डकि गाउँपालिका, सत्यवति गाउँपालिका र चन्द्रकाेट गाउँपालिकाका २६ वडाका हेल्थपोष्टमा ३०० पिस मास्क,५ लिटर स्यानिटाइजर, औषधि भिटामिन सि , भिटामिन डि, जिङ्क, बितरण गरिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सचिव सन्तोष गाैतमले बताए ।

त्यस्तै प्रदेश (ख) का रुरु क्षेत्र गाउँपालिका, छत्रकाेट गाउँपालिका ,गुल्मीदरबार गाउँपालिकाका र रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संस्थाका २४ वटा वडामा ४०० पिस मास्क र एउटा अक्सिमिटर दिईएकाे सचिव गाैतमले बताए ।

अभियानमा गान्धी शर्माले १००० पिस मास्क उपलब्ध गराएका हुन । सामाग्री बितरणमा काङ्ग्रेसका नेता जगदीश भट्टराई सह संयोजक अशोक ठकुरी, धाता भुषाल, भुषाल ट्याक्टरका अध्यक्ष वालकृष्ण भुषाल, धनेन्द्र कार्कि , वुस्ट फिडिङका गोपाल टन्डन,

नारायण केसी र सत्यवतीमा वेड उपलब्ध गराउँनका निमित्त कविराज भुषालले गरेको सहयोग प्रती सबैलाई काङ्ग्रेसका नेता भण्डारीले धन्यवाद दिएका छन् ।- सेतोमसीबाट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *