ओलीको बक्तब्यमा इमान्दारिता नभएको ; खनाल–नेपाल समुहको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल पक्षले प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार साँझ जारी गरेको बक्तब्यमा इमान्दारिता नदेखिएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावमा लिखित जवाफ दिने निष्कर्ष समेत निकालेको छ । ​नेता युवराज ज्ञवालीले स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको जानकारी दिनुभयो ।

नेता ज्ञावलीले भन्नुभयो, ‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन, संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।’

त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ ’नेता ज्ञवालीको भनाइ छ ।

ओलीको आव्हानलाई षडयन्त्रका रुपमासमेत चित्रण गर्दै बैठकले पार्टी २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनू नै विरोधाभासपूर्ण रहेको उक्त समूहको ठहर छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *