आज मुसिकोटका सबै स्वास्थ्य चौकिहरुमा कोभिड विरुद्धको खोप संचालन हुँदै

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा रहेका वडा नम्बर १ देखि वडा नम्बर ९ भित्रका सबै स्वास्त्य चौकिहरुमा २०७८ जेठ २५ गते मंगलबार कोभिड बिरुद्धको खोप संचालन हुने भएको छ ।

मुसिकोट नगरपालिकाले मिति जेठ २३ गते आईतबार प्रकासित गरेको सुचना अनुसार नेपाल सरकारबाट उपलब्ध गराउने भेरोसिल खोप अभियान यहि मिति २०७८ जेठ २५ गते मंगलबार मुसिकोट नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकिमा संचालन हुने भएको हो ।

नेपाल सरकारबाट उपलब्द हुने कोभिड विरुद्धको खोप अभियानमा ६२ देखि ६४ बर्ष समुहका ब्याक्तिहरु र कोभिसिल भ्याक्सिन अभियानको पहिलो मात्रा छुट भएका स्वास्थ्यकर्मिहरुको लागी सेबा प्रदान गरिने भएको छ ।

यस कोभिड विरुद्धको खोप अभियानमा सहभागी भई सेवा लिनका लागी समन्धित ब्याक्तिहरुले आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य साथमा लिएर जानु पर्ने छ ।
मुसिकोट नगरपालिकाबाट प्रकासित उक्त सुचना अनुसार खोप प्रभवकारि रुपमा संचालन गर्नका लागी महिला स्वास्थ्य स्वयंसेबिका परिचालन गरिएको छ ।

मुसिकोटमा संचालान हुन लागेको यस कोभिड विरुद्धको खोप सहभागीभई सेबा लिनु हुन सबै मुसिकोट बासिहरुमा यसै सुनाद्वारा सबैमा अनुरोध गरिएको छ ।

मुसिकोट नगरपालिकाबाट प्रकासित सुचनाको तस्बिर

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *