खुसिको खबर,शनिबार मुसिकोटका कुनैपनि वडामा कोरोना संक्रमित थपिएनन

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज ७ जना कोरोना सक्रंमण मुक्त भएका छन भने पालिकाका कुनैपनि वडामा आज संक्रमित थपिएनन ।

संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा दुवै जनाको नतिजा नेगेटिभ आएको हो । कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा २९६ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल २९६ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, २०४ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ९२ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

हाल नगरपालिकामा रहेका सम्पुर्ण संक्रमितहरूको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको उहाँले वताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *