शंकर पोखरेललाई आइलाग्यो आपत्

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आपत पर्ने गरी जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा उभिन निर्देशन (ह्वीप) लगाएको छ ।

सांसदहरू सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले निर्देशन जारी गरेको छ । यी सांसदहरु जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका रहेका छन् । यी चारै सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री समेत छन् ।

सरकारमा सहभागी भएपछि जसपाले कारवाही गरेपनि सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट पद पुनर्बहाली भएको थियो ।

संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न निर्देशन जारी गरिएको प्रमुख सचेतक पुर्मति ढेंगा मगरले जानकारी दिइन् ।

लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ–राजेन्द्र पक्षमा छन् छन् भने २ सांसद बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका रहेका छन् ।- मिडिया डबली

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *