निर्वाचन आयोग सरकारको कठपुतली भएको श्रेष्ठको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाउनुभएको छ ।

मंगलवार विहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उहाँले सरकारको कठपुतली भएर कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरेको बताउनुभयो । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको भन्दै उहाँले भन्नुभयो, ‘

जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’

निर्वाचन आयोगकै कारण नेकपा विावद पनि समाधान नभएको भन्दै उहाँले बर्तमान अस्थिरता र संकटको कारक पनि निर्वाचन आयोग नै भएको बताउनुभयो ।

संवैधानिक अंगको यसप्रकारको कामलाई रोक्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ।’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *