जीवन विकास आउने पक्का, कहिले र कति ?

काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ ।

नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ । निषेधाज्ञाले नयाँ शेयर निष्कासनमा असर गरिरहेको बेला अब भने अवस्था सामान्य भएको बेला आइपीओ आउने क्रम सुरु भएको छ ।

यसै विच जीवन विकास लघुवित्तलले यही असार ११ गतेबाट प्राथमिक साधारण शेयर सार्वजनिक गर्ने भएको छ । आज मात्र कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने निधो गरेको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *