मेलम्चीमा किन लेखेटिए राहत बाँड्ने गएका एमाले कार्यकर्ता

काठमाडौं – सत्तारुढ एमाले जस्तोसुकै विषयलाई पनि राजनीतिमा तान्न सक्ने खुबी राख्ने पार्टी मानिन्छ ।

आफ्नो फाइदाका लागि तर्क, कुतर्क गर्न एमाले नेताहरू माहिर देखिन्छ । पार्टी अध्यक्ष केपी ओलीको त्यही प्रवृत्ति कार्यकर्ता पंक्तिमा पनि देखिएको छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले धेरै जिल्लामा जनधनको क्षति गरेको छ । त्यसमध्ये पनि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्र निकै प्रभावित भएको छ । मेलम्ची बजारका सय घरपरिवार विस्थापित भएका छन् ।

तर, तिनै पीडितलाई राहत वितरण गर्ने नाममा एमालेले राजनीति गरेको छ । राहत वितरणलाई विज्ञापनको नाममा भजाएको छ ।

केही समयपछि निर्वाचन आउँदैछ । त्यसैले भोट तान्न एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार राहत वितरण गर्दा पार्टीको झन्डा प्रयोग मात्रै गरेन, ओलीको तस्बिरसहितको ब्यानर टाँगेपछि मेलम्चीमा बबाल मच्चिएको थियो ।- मिडिया डबली

स्थानीयले अनेरास्ववियुका कार्यकर्तालाई लेखेटेका थिए । प्रहरी र सशस्त्र प्रहरीले रोकेकाले ठूलो घटना हुन पाएन । बाढी पीडित बस्दै आएको मेलम्चीको इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहतभन्दा राजनीति गरेको स्थानीयबसेको आरोप छ ।

स्कुलमा भएको राहत वितरणमा राजनीति गरेको भन्दै पीडितले एमाले कार्यकर्तालाई लखेटेका हुन् । खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । बाढी प्रभावितलाई राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद भएको थियो । एमालेको ओली र नेपाल पक्षबीच विवाद भएको हो ।-मिडिया डबलीबाट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *