गण्डकीमा अब कांग्रेसको सरकार २ वर्ष ढुक्क ! एमाले हेरेको हेर्‍यै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ ।

दिउँसो १२ बजेबाट शुरू भएको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो ।आज ५८ जना सांसद उपस्थित भएका थिए । मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ भोट परेको छ भने विपक्षमा २७ भोट परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिनुभएको हो ।

विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *