फेरी अर्को कम्पनीले १२ करोडको आईपीओ निकासन गर्दै

काठमाण्डौ–नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

धितोपत्र बोर्डले हिजो असार १० गते तेह्रथुम पावरलाई १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ।तेह्रथुम पावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – शुक्रबार मात्र प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको पहिलो दिन मै मागको तीन गुणा आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३.७३ गुणा धेरै हो।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आज असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो ।

संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *