भोली मुसिकोटमा ब्यापारिको कोरोना परिक्षण गरिने, वेवास्ता गर्नेलाई का,र्वाहि

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएसङ्गै वडा नम्बर ७ वामिटक्सार बजारका प्रत्येक पसलहरुबाट एक जनाको कोरोना परिक्षण गरिने भएको छ ।।।।

बुधबार वामीट्क्सार स्वास्थ्यचौकिमा ११ बजे एन्टिजिन परिक्षण गरिने भएकोले वड नम्बर ७ का प्रत्येक ब्यापारीहरुको पसलमा ब्यापार व्यवसायमा सम्लग्न एक जना अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाको अत्यधिक भीडभाड हुने वडा नम्बर ७ का व्यापारीहरुको नमुना परिक्षण गरिन लागेकोले सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको जिसिले जानकारी दिनुभयो ।

यदि कोहि कसैले यस परिक्षणमा सहभागी नभएमा कारबाहीको प्रकृया अगाडि बढाइने पनि उहाले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाको अनुरोध र गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा उक्त परिक्षण हुन लागेको बताइएको छ ।

यो पनि पढ्नुहोस् गुल्मीको मुसिकोट नगरपालिकामा आज ३ पुरुष र ५ जना महिला गरी नगरपालीकाका थप ८ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १४ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं २ को १ जना पुरुष वडा नं ४ को २ जना

पुरुष ३ जना महिला, वडा नंं ७ को १ जना महिला र बाग्लुङ ३ को १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डिवि जिसीले जानकारी दिनुभएको छ ।

पछिल्लो समया मुसिकोट नगरपालिका वडा नं। ४ मा संक्रमितको संख्या नपत्याउदो रुपमा बढीरहेको पछिल्लो तथ्यांकले देखाएको छ । बिरामीमा रुघाखोकी र ज्वरो लगायतका कोभिड १९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिए पछि एन्टिजेन परिक्षण गरिएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ३५७ जना नागरिक संक्रमित भइसकेको नगरपालिकाले जनाएको छ ।

कुल ३५७ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ७ जनाको मृत्यू भइसकेको छ ।

अहिले सम्म २३ जना रुद्रावती बहुमुखि क्याम्पसको आइसोलेसन वार्ड बाट कोभिड – २९ संक्रमण मुक्त भइसकेको छन भने , होम आइसोलेसन बाट आज गरी ३ जना मात्र कोभिड १९ संक्रमण मुक्त भएको छन भने अहिले सम्म जम्मा २९२ जना कोभिड – १९ संक्रमण मुक्त भएको स्वास्थ्य शाखा संयोजक डिवि जिसीले जानकारी दिनुभएको छ ।

हाल नगरपालिकामा कुल ५८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *