बुधबार मुसिकोटका १४१ जनामा कोरोना परिक्षण, संक्रमितको संख्या कति ?

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकामा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार वामीटक्सार स्वास्थ्यचौकि र बडागाउ सास्थ्यचौकीमा गरिएको १४१ जनाको एन्टिजिन परिक्षणमाट ७ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमित ८ जना मध्ये ४ जना पुरुष र ३ जना महिला रहेका छन ।

मुसिकोट नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएसङ्गै वडा नम्बर ७ वामिटक्सार बजारका प्रत्येक पसलहरुबाट एक जनाको कोरोना परिक्षण गरिएको छ ।

त्यसै गरि भोलि वडा नम्बर ६ कुर्घा र मुसिकोट २ मुसिकोटमा परिक्षण हुन लागेकोले सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको जिसिले जानकारी दिनुभयो ।

यदि कोहि कसैले यस परिक्षणमा सहभागी नभएमा कारबाहीको प्रकृया अगाडि बढाइने पनि उहाले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाको अनुरोध र गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको समन्वयमा उक्त परिक्षण हुन लागेको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *