मनकामना स्मार्टको आइपीओमा १७ लाख भन्दा धेरैको आवेदन, शेयर पर्ने सम्भवना कती ?

काठमाण्डौ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।

आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।

यो पनि पढ्नुहोस् काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले यो वर्ष शेयर निष्कासन गर्न नपाउने भएको छ ।

सर्वोत्तमलाई धितोपत्र बोर्डले तत्काल अनुमति नदिने भएको छ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षमै बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने गरी बोर्डमा प्रस्ताव गरेको थियो । पब्लिक कम्पनी दर्ता भएको एक आर्थिक वर्ष पूरा भए पछि मात्र साधारण शेयर जारी गर्न पाइने व्यवस्था रहेको छ ।

सर्वोत्तम पब्लिक कम्पनी भएको एक वर्ष पूरा भए पनि कम्पनीको व्यालेन्स सिट प्रकाशित भएको एक वर्ष पुग्न २८ दिन नपुगे पछि यो वर्ष रोक्नु परेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

अब साउन भदौसम्म कुनै पनि कम्पनीको बुक बिल्डिङबाट शेयर आउने सम्भावना नरहेको उनले बताए ।सर्बोत्तमले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको थियो ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको थियो । प्रस्तावित मूल्य क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर)बाट अनुमोदन हुन भने बाँकी रहेको सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।

क्युआइआइको प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले जानकारी दिए ।

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्याङ्कनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दाबी गनुपर्ने व्यवस्था छ ।

एनआइआइको लागि कम्तीमा ५० कित्ता दिनुपर्नेछ। त्योभन्दा घटी सर्वसाधारणले पाउने छैनन्। गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि शेयर प्राप्त गर्ने सर्वसाधारणले ५० कित्ता शेयर पाउनेछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *