शेयर बजारमा लगानी कर्ताहरुको लर्को

काठमाण्डौ – मनकामना स्मार्ट लघुवित्तको आइपिओमा लगानी ओइरो लागेको छ । कम्पनीको शेयरमा अहिले सम्मकै धेरै २० लाखले शेयर मागको आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

यो पनि पढ्नुहोस् शेयर बजारका लगानि कर्ताहरुका लागी जरुरि सुचना – पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।

एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ ।

यसै बीच धेरै वित्तीय संस्थाले असर मसान्त भित्र हितग्राही खाता नविकरण गर्न अनुरोध गरेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्।

असर मसान्तभित्र आफ्नो खाता अनिवार्य नविकरण गर्नु पर्ने प्रावधान छ । नविकरणको लागि कार्यालयमा गएर वा अनलाइन बाट पनि रकम तिर्न सकिन्छ । बार्षिक १ सय रुपैयाँमा यो खाता नविकरण गर्न सकिन्छ ।

आफ्नो खाता सक्रिय राख्नको लागि खाता नविकरण गर्नु अनिवार्य छ । अहिले विभिन्न भुक्तानी प्रदायक कम्पनी बाट डिम्याट खाता नविकरण गर्न सकिन्छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *