माओवादी केन्द्रको दल दर्ता नै खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता नै खारेज गर्न माग गर्दै माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुलाई निर्वाचन आयोग गएका छन् ।

आफूहरुमाथि गरिएको कारवाही नै अवैध भएको भन्दै उनीहरु आयोगमा गएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको नेता लिलबहादुर थापाले बताए ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

यो पनिः एमालेमा पूर्वमाओवादी नेताहरूको ‘बेहाल’- ओली कसैको कुरा सुन्नेखाले मान्छे रहेनछन् !

नेता प्रभु साहले भने, ‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन, त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’

त्यसैगरी केहीदिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको समेत उनको भनाई छ ।

उनले भने, ‘कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म भएको छैन । नयाँ नामको पार्टी दर्तापनि छैन, यस्तो अवैधानिक पार्टीका अध्यक्ष प्रचण्डले गरेको कारबाहीलाई कसरी वैधानिक मान्ने ?’

हाल एमालेले पार्टीलाई जेठ २ को अवस्थामा फर्काएसँगै पार्टीविहिन अवस्थामा पुगेका उनीहरु माओवादी प्रति आक्रामक भएका हुन ।

नेता शाहले आफूहरुमाथि गरिएको कारवाहीको यस अघि नै विरोध गर्दै आएका छन् ।- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *