भेरोसिल खोप अभियानको दोस्रो चरणमा मुसिकोटका ८२ मध्य ७४ जनाले लगाए खोप, ८ जना बाँकि

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो र दोस्रो दिन गारि ७४ जनाले खोप लगाएका छन ।

मंगलबारदेखि देशभर संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो र दोस्रो दिन गुल्मी मुसिकोटका ६२-६४ उमेर समुहका ३९ जना महिला र ३५ पुरुष जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएको वामीटक्सार स्वस्थ्य चौकि प्रमुख डाक्टर राजन ओलियाले नबखबरलाई जानकारी दिनुभयो । ।

मुसिकोट नगरपालिकामा जेठ २५ गते संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको पहिलो चरणमा ६२ देखि ६४ बर्षसम्मका जम्मा ८२ जनाले खोप लगाएका भएपनि आज दोस्रो चरणको पहिलो र दोस्रो दिन गरि जम्म ७४जना मात्र खोप अभियानमा सहभागि भएको डाक्टर ओलियाले जानकारी दिनुभयो ।

भेरोसिल खोप अभियानको पहिलो चरणमा खोप लगाउनु भएका तर दस्रो चरणको पहिलो र दोस्रो दिन खोप लगाउन छुट्नु भएका ८ जनाले भोलि आफुले पहिलो पटक खोप लगाएको खोप केन्द्रमा गई खोप लगाउनु हुन वामीटक्सार स्वस्थ्य चौकिजा प्रमुख डाक्टर राजन ओलियाले अनुरोध गर्नु भएको छ ।

यो पनि पढ्नुहोस् काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *