मुसिकोटमा आज कोरोना परिक्षण गरिएका मध्य ७५ प्रतिसतमा संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार मुसिकोट नगरपालिकामा गरिएको ८ जनाको एन्टिजिन परिक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना महिला र १ जना पुरुष, वडा नम्बर ८ का २ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १२७० जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४११ जनमा कोरोना पोजेतिभ र ८५९ जनामा कोरोना नेगेटिभ आएको छ ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

यो पनि पढनुहोस् काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *