मनकामना स्मार्टको शेयर बाँडफाँड – यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ – असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो। बाँडफाँड बाट २ जना भाग्यमानीको ११ कित्ता शेयर पाएका छन् ।

३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्। आइपीओ नजितको लागि यहाँ जान सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् सिवाईसी लघुवित्तको आईपीओ आउने पक्का, कहिले र कति ?

काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

संस्थाले प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।

सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ ।

लघुवित्त संस्थाका अनुसार प्राप्तिपछि संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरिसकेको जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *