शेयर बजारका लगानि कर्ताहरुका लागी जरुरि सुचना

काठमाण्डौ – पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।

एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ । यसै बीच धेरै वित्तीय संस्थाले असर मसान्त भित्र हितग्राही खाता नविकरण गर्न अनुरोध गरेका छन् ।

प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्।

असर मसान्तभित्र आफ्नो खाता अनिवार्य नविकरण गर्नु पर्ने प्रावधान छ । नविकरणको लागि कार्यालयमा गएर वा अनलाइन बाट पनि रकम तिर्न सकिन्छ । बार्षिक १ सय रुपैयाँमा यो खाता नविकरण गर्न सकिन्छ ।

आफ्नो खाता सक्रिय राख्नको लागि खाता नविकरण गर्नु अनिवार्य छ । अहिले विभिन्न भुक्तानी प्रदायक कम्पनी बाट डिम्याट खाता नविकरण गर्न सकिन्छ ।

यो पनि पढनुहोस्
काठमाण्डौ – नेपालमा आईओपी को बढिनै आइरहेको छ । असार महिनामा मात्र २ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेकोमा श्रावण महिनाको सुरुनै नयाँ शेयर निस्कासन हुने भएको छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ जारी गर्ने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय,

ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।- आर्थिक संदेश

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *