एमालेको संसदीय दलको बैठक निरणय सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले सर्वाेच्च अदालतको फैसलाविरु४ देशव्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको असार २८ को फैसलाप्रति आक्रोशित एमालेको आज बसेको संसदीय दलको बैठकले भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो ।

संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास गरेको ठहर गरेको छ ।

बैठकले मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको जिकिर गर्दै जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

‘अहिले सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा उपधाराहरुको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्णरुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो।
निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो। त्यसप्रति हाम्रो बैठकले आपत्ति व्यक्त गरेको छ,’ भट्टराईले भन्नुभयो, ‘यसलाई व्यापकरुपमा जनताका बीचमा भण्डाफोर गर्ने निष्कर्ष पनि निकालेका छौं। यसलाई हामी व्यापक जनताका बीचमा पुर्‍याउनेछौं।’

बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको एमालेको भनाइ छ ।

यस्तै आजै बसेको स्थायी कमिटी बैठकले पनि फैसलाप्रति लक्षित गर्दै ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ’ भनेको छ।

‘नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम राज्यका सबै अंगबीच समन्वय हुन सकेमा मात्रै र सबै आ(आफ्नो सीमाभित्र मर्यादित र संयमित रहन सकेमात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशील हुनसक्छ,’ एमाले निर्णयबारे जानकारी दिन जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,

‘लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीनवटा अंगबीचको सन्तुलन सर्वोच्च अदालतको यो फैसलासँगै नराम्रोसँग खलबलिन पुगेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *