शेयर बजारका लगानिकर्ताहरुको लागी अर्को खुसिको खबर

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको उक्त हकप्रद सेयर सूचीकृत गराएको हो ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ – नेपालमा आईओपी को बढिनै आइरहेको छ । असार महिनामा मात्र २ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेकोमा श्रावण महिनाको सुरुनै नयाँ शेयर निस्कासन हुने भएको छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आईपीओ जारी गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर,

सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *