गठबन्धन सरकारको भागबण्डा मिल्यो ! माओवादीका १ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

काठमाडौं – गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ ।

२ नम्बर प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको नेतृत्वमा नेपाली कांग्रेसको सरकार छ । अब सरकारमा माओवादी केन्द्र समेत सहभागी हुने सहमति जुटेको छ । यसअघि मन्त्रालयमा भागबण्डा नमिलेपछि माओवादी सरकारमा गएको थिएन ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुन तयारी छ । प्रदेश सांसद साहले १ मन्त्री र १ राज्यमन्त्रीसहित प्रदेश सरकारमा सहभागी हुन लागेको जानकारी दिए ।

राज्यमन्त्रीमा रुवीकुमारी कर्ण सहभागी हुने भएकी छन् । २ नम्बर प्रदेशमा जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री रहेका छन् ।

सरकारमा जाने सहमति भएपनि मन्त्रालयको टुंगो भने लागिसकेको छैन । अर्थ, आन्तरिक मामिला, वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्रालय पाइने साहले जानकारी दिए ।

सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथग्रहण भोलि हुने सांसद साहले बताएका छन् । यसअघि मुख्यमन्त्री राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

जसपाभित्र विवाद चर्किएपछि मुख्यमन्त्री राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदलाई हटाएका थिए । त्यसपछि कांग्रेस र माओवादी सरकारमा सहभागी हुन सहमत भएका हुन् । – मिडिया डबली

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *