प्रधानमन्त्री पदबाट हटेपछि आनन्द महसुस गरेको छुः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हटेपछि आफूले आनन्द महसुस गरेको बताउनुभएको छ ।

मंगलबार प्रधानमन्त्रीबाट बाहिरिएका ओलीलाई भेट्न आज बालकोट पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेतासँग उहाँ यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै जसपाका एक नेताले भने, ‘आज बिहान हामी उहाँलाई भेट्न बालकोट गएका थियौं । उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि आफूले रिल्याक्स महसुस गरेको बताउनुभयो ।’

आज बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका हुन् ।

बालकोटमा ओलीसँग शिष्टाचार चार भेट मात्रै भएको अन्य धेरै कुरा नभएको एक नेताको भनाइ छ । ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुरपक्षसँग भेटवार्ता भएको हो ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा जसपाको ठाकुर पक्षले साथ दिएको थियो । ठाकुर पक्ष सरकारमा पनि गएको थियो । तर, सर्वोच्च अदालतको निर्णयसँगै उनीहरुका मन्त्रीहरुको पद गएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *