कांग्रेससमा खुसियाली, यसरी बन्दैछन् देउवाका शक्तिशाली प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक आह्वान भएको पहिलो दिन नै विश्वासको मत लिने तयारी थालेपछि सनसनी मच्चिएको छ ।

प्रधानमन्त्री बनेको ६ दिनमै देउवाले विश्वासको मत लिन खोज्नुलाई धेरैले परिपक्व निर्णय भनेका छन् । यसैक्रममा प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले आज विश्वासको मत लिन विशेष कार्यसिद्धि योग परेको बताएका छन् ।

ज्योतिष रिजालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो भविष्यवाणी गरेका हुन् । उनले लेखेका छन्– ‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ।’

‘शक्तिको उपासना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लगि आजको दिन विशेष कार्यसिद्धिको योग परेको छ । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने छ ।’

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका एमालेका माधव नेपाल पक्षका २२, पछिल्लो समय उपेन्द्र यादवको पक्षका १९, राजमो र स्वतन्त्र सांसद एक/ एकजनागरी जना गरी देउवाको पक्षमा १५२ सांसद रहेको बताइएको छ ।

एमालेका झलनाथ खनालको भारतमा उपचार भइरहेकाले उनी उपस्थित हुने छैनन् ।- मिडिया डबली

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *