५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन विभिन्न ५ कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन बजार ९७.२१ अंकले बढेको छ भने ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कम्पनीको ३ लाख १४ हजार ८८९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य १ हजार २८१ रुपैयाँ रहेको छ ।

कारोबार कै आधारमा आज नबिल बैंक दोस्रो स्थानमा रहेको छ । उक्त दिन बैंकको ३८ लाख ६३ करोड ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ लाख ७२ हजार ४७६ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य १ हजार ४४० रुपैयाँ रहेको छ ।

यस्तै, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३७ करोड ६८ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको ७ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य ४७५ रुपैयाँ रहेको छ ।

त्यसैगरि एनआईसी एशिया बैंकको ३५ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको ३ लाख ४२ हजार ११४ कित्ताा र कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार ९९४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

एनआईसी एशिया बैंकको सेयर मूल्य १ हजार ६५ रुपैयाँ र कामना सेवाको सेयर मूल्य ६१९ रुपैयाँ रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *