ओलीले कारवाहीको पत्र पठाएपछि एमालेको नेपाल समूह बैठक बस्दै

ओलीले कारवाहीको पत्र पठाएपछि एमालेको नेपाल समूह बैठक बस्दै

काठमाडौँ । कारबाहीमा पर्ने भएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

आजै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेपाल पक्षका एक सांसदका अनुसार डल्लुमा उनीहरूबीच आन्तरिक छलफल चलिरहेको हो । पार्टीको कारवाहीको कसरी सामना गर्ने र सरकारमा सहभागी हुनेनहुने बारे छलफल भइरहेको बताइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा उनीहरु उपस्थित रहेका थिएनन् ।

माधव पक्षका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

तर नेपाल पक्षका कतिपय नेताहरुले भने ओलीले गरेको कारवाहीको कुनै अर्थ नहरको बताएका छन् । नेत्री रामकुमारी झाँक्रीले ओलीले गरेको कारवाहीको कुनै अर्थ नरहेको भन्दै बरु पार्टी एकता राख्ने भए ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *