आज मुसिकोट ७ मा मात्र थप ३ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको ८ जनाको एन्टिजिन परिक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

आज मुसिकोटमा कोरोना संक्रमीत हुने ३ जनानै मुसिकोट नगरपालिका वडा नम्बर ७ का रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४०४ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४७१ जनमा कोरोना पोजेतिभ र ९३३ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

यो पनि पढ्नुहोस् काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ।

गत २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *