गुल्मीका मात्रै २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देही र गुल्मीका दुई दुई जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको रहेका छन् ।

उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् – गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको ८ जनाको एन्टिजिन परिक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

आज मुसिकोटमा कोरोना संक्रमीत हुने ३ जनानै मुसिकोट नगरपालिका वडा नम्बर ७ का रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४०४ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४७१ जनमा कोरोना पोजेतिभ र ९३३ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *