नेपालमा फेरि एक्कासी बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा संकर्मित हुनेको संख्या ?

काठमाण्डौ – नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै गएको देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको छ भने १६ सय ८६ जना निको भएका छन् । सोही अवधिमा २५ जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनालाई पोजेटिभ देखियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले सक्रिय संक्रमित २७ हजार ९०७ जना छन् जसमध्ये अहिले ६६९ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *